एक लाख घुससहित नापी कार्यालय चाबहिलका दुई कर्मचारी पक्राउ


 


काठमाडौं, चैत्र २३
नापी कार्यालय चावाहिलका दुईजना कर्मचारी एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार साँझ नापी कार्यालय चाबहिलका सर्भेक्षक विनोद केसी र अमिन प्रकाशराज भट्टराईलाई पक्राउ गरेको हो ।

उनीहरुलाई एक लाख रुपैयाँ घुस लिएर बुढानिलकण्ठबाट निवासतर्फ गइरहेको बेला ललितपुरको लखनखेलको सडक किनाराबाटै पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर ३ मा रहेको १२ आना जग्गा हाल साविक गर्नका लागि भन्दै उनीहरुले घुस लिएको बुझिाएको छ ।

उनीहरुमाथि कानुनी कारबाहीको लागि थप अनुसन्धान सुरु गरिएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति: २३ चैत्र २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्