३५ कम्पनीकाे १६ अर्ब बराबरकाे सेयर अाउँदै, कुन-कुन कम्पनीले सेयर निष्कासन गर्देछन् ?


 


काठमाडाैं, कार्तिक १९

३५ कम्पनीले १५ अर्ब २९ करोड ५३ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने भएका छन् । बैंक तथा वित्तीय संस्था, जलविद्युत र बिमा गरी यतिका संख्याका कम्पनीहरूले सेयर निष्कासन गर्न लागेका हुन् ।

धितोपत्र बोर्डले २१ कम्पनीलाई १० अर्ब ७७ करोड ६० लाख रुपैयाँ बराबरको १० करोड ७७ लाख ८० हजार ८०३ कित्ता सेयर निश्कासन गर्न अनुमति दिइसकेको छ । यस्तै १४ कम्पनीको ४ अर्ब ५१ करोड ९२ लाख रुपैयाँको ४ करोड ५१ लाख ९२ हजार ३३५ कित्ता सेयर स्वीकृतिको प्रतिक्षामा रहेको बोर्डले जनाएको छ । बोर्डबाट स्वीकृती पाउनेमा अधिकांश बैंक तथा वित्तीय संस्था छन् ।

बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीले पुँजी बढाउन भन्दै हकप्रद सेयर निष्कासन गर्न थालेका छन् । आयोजना बनाउन लगानी जुटाउन भन्दै केही जलविद्युत कम्पनीले हकप्रद र थप सेयर (एफपीओ) निष्कासन गर्न लागेका हुन् ।

धितोपत्र बोर्डबाट हकप्रद सेयर निष्कासन अनुमति पाउने यी हुन् कम्पनी

प्राइम कमर्शियल बैंक

सेन्चुरी कमर्शियल बैंक

माउन्ट मकालु डेभलपमेन्ट बैंक

गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेड

साहरा विकास बैंक

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड

अरनिको डेभलमेन्ट बैंक

मुक्तिनाथ विकास बैंक

मितेरी डेभलपमेन्ट बैंक त्रिवेणी विकास बैंक

सिद्धार्थ बैंक, कृषि विकास बैंक

सेती फाइनान्स लिमिटेड

फेवा विकास बैंक लिमिटेड

वेस्टर्न डेभलपमेन्ट बैंक लिमिटेड

नागवेली लघुवित्त विकास बैंक

एनएमबी माइक्रो फाइनान्स लिमिटेड

हिमालयन बैंक

जनता बैंक

काष्ठमाण्डप डेभलपमेन्ट बैंक

माछापुच्छ्रे बैंक

हकप्रद सेयर निष्कासनका लागि बोर्डमा निवेदन दिनेमा सेन्ट्रल फाइनान्स लिमिटेड, कामना विकास बैंक, अपि पावर कम्पनी लिमिटेड, ललितपुर फाइनान्स कम्पनी लिमिटेड, सप्तकोसी डेभलपमेन्ट बैंक, नेको इन्स्योरेन्स लिमिटेड, कन्चन डेभलपमेन्ट बैंक, कैलाश विकास बैंक, सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेड, सगरमाथा फाइनान्स लिमिटेड, मन्जुश्री फाइनान्सियल इन्टिच्युसन लिमिटेड, नमस्ते वित्तीय संस्था लिमिटेड, देव विकास बैंक र नेरुड लघुवित्त विकास बैंक छन् ।

१४ कम्पनीको निवेदनको अध्ययन गरिरहेको बोर्डले जानकारी दिएको छ । अपि पावरले ७५ मेगावाटको त्रिशुली–गल्छी जलविद्युत आयोजना बनाउन हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकको चुक्तापुंजी बढाएर ८ अर्ब, विकास बैंकको साढे २ अर्ब रुपैयाँ र अन्य वित्तीय संस्था र लघुवित्त संस्थाको पुँजी बढाउने भनेपछि बैंकहरु धमाधम हकप्रद सेयर निष्कासन गरेर पँुजी बढाउन लागेका हुन् ।

प्रकाशित मिति: १९ कार्तिक २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्