२० देशका लागि राजदूत सिफारिस, काे-को परे ? (सूचीसहित)


 


काठमाडौं, चैत २३
बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २० देशका लागि राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषद् बैठकले १२ जना राजनीतिक दलबाट र ८ जना परराष्ट्र सेवाबाट गरी २० जना राजदूत नियुक्तिका लागि सिफारिस गरेको हो ।

राजनीतिक दलबाट सिफारिस भएका राजदूतहरुमा राम सुरज राय यादव, ज्योति प्याकुरेल, नवराज सुवेदी, नरेश विक्रम ढकाल, डिल्लीराज पौडेल, कान्ता रिजाल, मिलन तुलाधर, कैलाश पोखरेल, वासुदेव मिश्र, दानबहादुर तामाङ, शर्मिला पराजुल ढकाल र विष्णुपुकार श्रेष्ठ रहेका छन् ।

त्यस्तै परराष्ट्र सेवाबाट दुर्गाबहादुर सुवेदी , भरतकुमार रेग्मी, घनश्याम भण्डारी, डोरनाथ अर्याल, सुशीलकुमार लम्साल, हरिषचन्द्र घिमिरे, तीर्थराज वाग्ले, र निर्मला काफ्ले सिफारिस भएका छन् ।

प्रकाशित मिति: २४ चैत्र २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्