प्रचण्डको परिवार मोह : भाइ नारायण दाहाल राष्ट्रिय सभा सदस्य मनोनित


 


काठमाडौं, चैत २६
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाइ नारायण प्रसाद दाहाल राष्ट्रियसभा सदस्यमा मनोनीत भएका छन् । सरकारको सिफारिसमा दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनित भएका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार चितवनका दाहाललाई राष्ट्रिय सभा सदस्य मनोनित गरेकी हुन्।

संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम उनलाई राष्ट्रपतिले मनोनित गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
दाहाल मनोनित भएसँगै प्रचण्डको चौतर्फी आलोचना भइरहेको छ । परिवारबादको आरोप लाग्ने गरेका प्रचण्डलाई आफ्नै भाईलाई राष्ट्रिय सभामा मनोनित गरेपछि आलोचना भएको हो । कहिले छोरी, कहिले बुहारी हुँदै यो पटक भाइलाई अवसर प्रचण्डले दिएका छन् ।

प्रकाशित मिति: २६ चैत्र २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्