महोत्तरीमा ९३ केजी गाजा र ट्रकसहित एक जना समातिए


 


काठमाडौं, चैत्र २८
महोत्तरीमा सशस्त्र प्रहरीले प्रतिबन्धित लागुऔषध (गाजा) सहित एक जनालाई पक्राउ गरेको छ ।

विशेष सुचनाका आधारमा सशस्त्र प्रहरी छिनमस्ता वाहिनिवाट खटिएको प्रहरी टोलीले आइतबार राति धादिङ्ग थाक्रे निवासी ३६ वर्षीय रमेश तामाङ्गलाइ पक्राउ गरेको हो ।

छिनमस्ता बाहिनीका बाहिनिपती गणेश ठाडामगरका अनुसार जिल्लाको मनरासिस्वा नगरपालिका सुनौल गाउँवाट उनी सवार ट्रकमा ९३ केजी गाजा नियन्त्रण लिइएको छ ।

थप अनुसन्धानको लागी ना ३ ७९३५ नम्बरको ट्रक र आरोपित तामाङलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय महोत्तरी बुझाइएको छ ।

प्रकाशित मिति: २८ चैत्र २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्