सशस्त्र प्रहरी बलको महानिरीक्षकमा पुष्पराम केसी नियुक्त


 


काठमाडौं, चैत ३०
सशस्त्र प्रहरी बलको महानिरीक्षकमा पुष्पराम केसी नियुक्त हुनुभएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) केसीलाई महानिरीक्षक नियुक्त गरेको हो ।

सोमबार महानिरीक्षक शैलेन्द्र खनाल ४ वर्षे पदावधि पूरा गरेर संगठनबाट बिदा भएपछि वरीयतामा अगाडि रहेका केसी महानिरीक्षक हुनुभएको हो।

केसीकै ब्याचका रामशरण पौडेल पनि आइजीपीका प्रतिस्पर्धी हुनुहुन्थ्यो । केसीले सशस्त्र प्रहरी बलको २० दिन नेतृत्व गर्नुहुनेछ । केसी उमेर हदका कारण वैशाख १९ मा अवकाशमा जाँदै हुनुहुनुहुन्छ ।

प्रकाशित मिति: ३० चैत्र २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्