भोजपुरमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु


 


काठमाडौं, ३० चैत
भोजपुर, रामप्रसादराई गाउँपालिका ५ कावाखोलास्थित सडकमा प्र.१-०२००३ त २२४९ नम्बरको ट्याक्टर अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

ट्याक्टरमा सवार सोही गाउँपालिका ७ बासिखोरा बस्ने २० वर्षीय जेबि राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

प्रकाशित मिति: ३० चैत्र २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्