भोजपुरमा भरूवा बन्दुक पड्किँदा एक जनाको ज्यान गयो


 


भोजपुर, चैत ३०
भोजपुरको अरुण गाउँपालिकामा भरुवा बन्दुक पड्किँदा एक जनाको ज्यान गएको छ । अरुण गाउँपालिका-१ रातमाटे बस्ने ४७ वर्षीय सूर्य बहादुर खत्रीको भरुवा बन्दुक पड्किँदा मंगलबार राति मृत्यु भएको भोजपुर प्रहरीले जनाएको छ ।

अरुण गाउँपालिका १ जलकेनिस्थित केदार खत्रीको गोठमा गई भरुवा बन्दुक चलाउँदा बन्दुक पड्किएर आफ्नै पेटमा छर्रा लागेर गम्भीर घाइते भएका उनको स्वास्थ्य चौकी प्याउली हुँदै जिल्ला अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी प्याउलीबाट खटिएको प्रहरीले उक्त बन्दुक बरामद गरी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रकाशित मिति: ३० चैत्र २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्