नेपाल प्रहरीका चार एसएसपी डीआईजीमा बढुवा सिफारिस


 


काठमाडौं, वैशाख १
नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गृह मन्त्रालयले प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस गरेको छ ।

बुधबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूह तर्फका एसएसपीकलाई सोही समूहतफको डीआईजी पदमा बढुवा सिफारिस गरेको हो ।

बढुवा हुनेमा राजेन्द्र प्रसाद चौधरी, मसाउद आलम खाँ, नलप्रसाद उपाध्याय र मोहन आचार्य रहेका छन् ।

बढुवा सिफारिस भएकामध्ये तेस्रो नम्बरका चौधरी प्रहरी महानिरीक्षक शैलेश थापाका व्याची हुन् भने बाँकी तीन जना एआईजीपी विश्वराज पोखरेलको व्याची हुन् ।

प्रकाशित मिति: १ बैशाख २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्