एमालेबाट काठमाडौं महानगरको मेयरमा केशव स्थापित उम्मेदवार


 


काठमाडौं, बैशाख १०
नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने भएको छ । मेयरमा स्थापित र उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

शनिबार बसेको सचिवालय बैठकले ५ महानगर र १० उपमहानगरको उम्मेदवार टुंगो लगाएको हो ।

एमालेले पोखरा महानगरपालिकाको प्रमुखमा दीपक पौडेल र उपप्रमुखमा मञ्जुदेवी गुरुङ, वीरगन्जको प्रमुखमा विजय सरावगी, भतरपुरमा विजय सुवेदी, ललितपुरमा हरिकृष्ण व्यञ्जनकार प्रमुख र मञ्जली शाक्य उपप्रमुख बनाएको छ ।

प्रकाशित मिति: १० बैशाख २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्