अन्तर्राष्ट्रिय लागूऔषध कारोबारीको ‘ट्रान्जिट हब’ बन्दै नेपाल



काठमाडौं, वैशाख १२
लागूऔषध ओसारपसार तथा कारोबारमा संलग्न अन्तर्राष्ट्रिय आपराधिक समूहका लागि नेपाल ‘ट्रान्जिट हब’ बन्ने गरेको पाइएको छ ।

दक्षिण अफ्रिकाबाट हवाई मार्ग हुँदै काठमाडौँ भित्रिएको सात किलो सेतो हेरोइन भारत पठाउने तयारी गरिहेको अवस्थामा लाजिम्पाटबाट बरामद भएपछि सो रहस्य खुलेको हो ।

प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले दक्षिण अफ्रिकाको जोहानसबर्ग, कतारको दोहा हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँ भित्रिएको उक्त लागू औषध लाजिम्पाटस्थित विदेशी महिलाको साथबाट बरामद गरेको हो ।

लागूऔषध बोेकेर नेपाल आएकी जाम्बियाकी नागरिक ३५ वर्षीया कोपुतुला अविसार्ग र लागूऔषध बुझ्न आएकी भारतीय नागरिक ३५ वर्षीया लाल नुनपुई पक्राउ परेका हुन् ।

भिजिट भिसामा काठमाडौँ प्रवेश पाएकी अविसार्गले सुटकेसभित्र फल्स बटम बनाई लुकाइछिपाई ल्याएको प्रहरीले जनाएको छ । पक्राउ परेका अभियुक्तमा अविसार्ग विद्यार्थी र नुनपुईले रेस्टुरेन्टमा काम गर्ने वेटर भएको हुलिया खुलाएका छन् ।

ब्युरो प्रहरी प्रवक्ता जीवनकुमार श्रेष्ठ दुवैजना लागूऔषध ओसारपसारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहको सदस्य भएको हुनसक्ने बताउँछन् ।

प्रहरीलाई प्राप्त विशेष सूचनाका आधारमा ब्युरो प्रहरीले अन्तर्राष्ट्रिय विमानस्थलबाट नै पिछा गरेको थियो । ब्युरो प्रवक्ता श्रेष्ठका अनुसार यतिको हेरोइन बरामद भएको यो घटना पहिलो हो । यसअघि कोकिन र अफिम पनि ठूलो परिमाणमा बरामद हुने गरेको थियो । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News