केशव स्थापितको दाबी, गठबन्धनको उम्मेदवार भन्दा दोब्बर बढी मत ल्याएर जित्छु


 


काठमाडौं, वैशाख १२
नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरको प्रमुख पदका उम्मेदवार केशव स्थापितले आफूले गठबन्धनको उम्मेदवार भन्दा दोब्बर मत ल्याउने दाबी गरेका छन् ।

उम्मेदवारी दर्ता गराएपछि पत्रकारहरूसँग कुराकानी गर्दै स्थापितले आफ्नो उम्मेदवारी दर्तासँगै गठबन्धनको गेम ओभर भएको समेत बताए ।

‘कांग्रेसको स्थायी भोट ४५ हजार मात्रै हो । माओवादीको ७ हजार । सबै खस्यो भने पनि ५२ हजार होला । समाजवादीले भोट लग्यो भने गठबन्धनको ५५–५८ हजार होला ।

काठमाडौंका जनताले पहिल्यै ८४ हजार ६ सय मत दिएको मान्छे हुँ म । त्यसैले गेम इज ओभर । हामी चुनाव जित्छौँ’, स्थापितले भने ।

प्रकाशित मिति: १२ बैशाख २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्