एमालेको विजयी सुरुवात, शे-फोक्सुण्डो गाँउपालिका अध्यक्षमा गुरुङ निर्बिरोध


 


काठमाडौं, वैशाख १२
डोल्पाको शे-फोक्सुण्डो गाँउपालिका अध्यक्षमा एमालेका धाव सम्डुक गुरुङ निर्बिरोध भएका छन । अध्यक्षमा एमालेका गुरूङबाहेक कसैको पनि दोहोरो उम्मेदवारी नपरेको अध्यक्ष गुरूङले बताए । उनी नेकपा एमाले डोल्पाको उपसचिव समेत हुन ।

गाउँपालिकाको ९ वटा वडा मध्ये ६ वटा वडामा नेकपा एमालेका उम्मेदवारको क्लिन स्वीप भएको छ । वडा नम्बर १, ३, ५, ६, ७ र ९ मा एमालेका उम्मेदवारहरू प्यानलै सहित निर्विरोध निर्विाचित भएका छन ।

वडा नम्बर १ मा जिग्मे छोइङ नोर्बु लामाको प्यानल नै निर्वािरोध भएको छ । त्यस्तै वडा नम्बर ३ मा पेम्मा ग्रिमेत गुरुङको प्यानल नै निर्विरोध भएको छ । वडा नम्बर ५ मा कार्मा तार्के गुरुङको प्यानल नै निर्विरोध भएको छ।

त्यस्तै वडा नम्बर ६ मा रिग्जिन गुरुङको प्यानल नै निर्विरोध भएको छ। वडा नम्बर ७मा पेम्मा छिरिङ गुरुङको प्यानल नै निर्विरोध भएको छ । त्यस्तै वडा नम्बर ९ मा लार्के लामाको प्यानल नै निर्विरोध भएको छ।

प्रकाशित मिति: १२ बैशाख २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्