यी हुन् भोजपुरमा एमालेले उम्मेदवारी मनोनयन दर्ता गरेका उम्मेदवार (सबै पालिकाको सूचिसहित)


 


भोजपुर, वैशाख १२
भोजपुर जिल्लाको ९ वटै स्थानीय तहमा नेकपा एमालेले उम्मेदवारी मनोनयन दर्ता गरेको छ । दुईवटा नगरपालिका र ७ वटा गाउँपालिका रहेको भोजपुरमा एमालेले प्रमुख /उपप्रमुख अध्यक्ष /उपाध्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गरेको छ । त्यस्तै ८१ वटा वडा रहेको भोजपुरका पालिकामा समेत एमालेले उम्मेदवारी दर्ता गरेको छ ।

१४ वडा रहेको षडानन्द नगरपालिकाको प्रमुखमा सुरेन्द्र उदास र उपप्रमुखमा मेरिका राईले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।

१२ वडा रहेको भोजपुर नगरपालिकाको प्रमुखमा भरत तामाङ र उपप्रमुखमा निर्मला शेर्पाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।

९ वटा वडा रहेको टेम्के मैयुङ गाउँपालिका अध्यक्षमा धुर्वराज राई र उपाध्यक्षमा रमा राईले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।

७ वटा वडा रहेको अरुण गाउँपालिकाको अध्यक्षमा नारायण घिमिरे र उपाध्यक्षमा कविता राईले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।

६ वटा वडा रहेको पौवादुङ्मा गाउँपालिकाको अध्यक्षमा किरण राई र उपाध्यक्षमा जोत्सना राईले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।

९ वटा वडा रहेको हतुवागढी गाउँपालिकाको अध्यक्षमा प्रेम कुमार राई र उपाध्यक्षमा कमला राईले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।

१० वटा वडा रहेको आमचोक गाउँपालिका अध्यक्षमा बसन्त राई र उपाध्यक्षमा शर्मिला राईले उम्मेदवारी दर्ता गरेका छन् ।

८ वटा वडा रहेको रामप्रसादराई गाउँपालिका अध्यक्षमा बलराम राई र उपाध्यक्षमा कमला राईले मनोनयन दर्ता गरेका छन् ।

६ वटा वडा रहेको साल्पा सिलिछो गाउँपालिका अध्यक्षमा शान्तिबहादुर अधिकारी र उपाध्यक्षमा रिता घलेले उम्मेदवारी दर्ता गरेका छन् ।

प्रकाशित मिति: १२ बैशाख २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्