भोजपुरमा गठबन्धन दललाई धक्का, माधव नेपालको पार्टी सकिँदै


 


भोजपुर, वैशाख १५
स्थानीय तहको निर्वाचन नजिकिएसँगै भोजपुरमा गठबन्धन दललाई धक्का लाग्न थालेको छ ।

दिनहुँ जसो गठबन्धनवाला दल कांग्रेस, माओवादी केन्द्र र माधव नेपालको पार्टी एकिकृत समाजवादीका नेता कार्यकर्ता एमालेमा प्रवेश गर्ने क्रम तिब्र बनेको छ ।

बुधबार मात्रै एकिकृत समाजवादीका जिल्ला उपाध्यक्ष सहित १०५ जना नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी भोजपुरका उपाध्यक्ष चक्र तामाङ सहितको ठूलो टिम एमाले प्रवेश गरेका छन् ।

यसरी प्रवेश गर्नेहरुमा सचिवालय सदस्य तथा कार्यालय सचिव कृष्ण बस्नेत, प्रदेश नं १ अखिलका वरिष्ठ उपाध्यक्ष तथा जिल्ला कमिटी सचिवालय सदस्य प्रताप तामाङ सहित १०५ जना एमाले प्रवेश गरेका हुन् ।

उनिहरुलाई एमाले स्थायी कमिटी सदस्य एवम् प्रदेश नं १ का संस्थापक मुख्यमन्त्री शेरधन राईले स्वागत गरेका थिए । आज एमाले प्रवेश गर्ने नेताहरु पहिले एमाले मै रहेका नेता कार्यकर्ताहरु हुन् ।

चुनावकै मुखमा ठूलो संख्यामा नेता कार्यकर्ता एमाले प्रवेश गरेसँगै गठबन्धन दलहरु तनावमा परेका छन् भने एमाले थप उत्साही बनेको छ ।

प्रकाशित मिति: १५ बैशाख २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्