रामप्रसादराई गाउँपालिका ७ नं वडा अध्यक्ष पदमा एमालेबाट प्रशान्त राईको उम्मेदवारी


 


भोजपुर, वैशाख १५
भोजपुरको रामप्रसादराई गाउँपालिका वडा नं ७ को वडा अध्यक्ष पदमा नेकपा एमालेले मनकाजी राई (प्रशान्त) लाई उम्मेदवार उठाएको छ ।

नेकपा एमाले भोजपुर जिल्ला कमिटी सदस्य एवम् राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य समेत रहेका राईको उम्मेद्वारीले गाउँपालिकामा चर्चा पाएको छ ।

साविकको बासिखोरा गाविस रहेको यो वडा एमालेको गढका रुपमा समेत परिचित छ । बासिखोरामा बिजुली बाल्ने कामको नेतृत्व गरेका राईको उम्मेदवारीले गाउँबासी खुसी भएका छन् ।

गाउँको विकासमा लोकप्रिय काम गर्दै आएका प्रशान्तको उम्मेदवारीले विकासप्रेमी नेताले टिकट पाएको स्थानीयको भनाई छ ।

यो वडामा यस अघि एमालेका सूर्य कुमार राईले चुनाव जितेका थिए । वडाको समग्र विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताउँदै राईले आफ्नो विजय सुनिश्चित रहेको बताए ।

प्रकाशित मिति: १५ बैशाख २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्