सुनको मूल्य घट्याे


 


काठमाडौँ, वैशाख २०
नेपाली सुनचाँदी बजारमा मंगलबार सुनको मूल्य प्रतितोला १ हजार रुपैंयाले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९८ हजार २ सय रुपैंयामा कारोबार भएको छापावाला सुन आज तोलामा १ हजार रुपैंयाले घटेर ९७ हजार २ सय कायम गरिएको छ। 

त्यस्तै, आज तेजाबी सुन प्रतितोला ९६ हजार ७ सय रुपैंया तोकिएको छ। 

त्यसैगरि, मंगलबार चाँदीको मूल्य भने स्थिर छ। सोमबार प्रतितोला १२ सय ९० रुपैंयामा कारोबार भएको चाँदी आज पनि सोहि मूल्य कायम भएको महासंघले जनाएको छ। 

प्रकाशित मिति: २० बैशाख २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्