मनकाजी राईलाई नै भोट किन ? सार्वजनिक गरे यस्ता प्रतिवद्धता


 


भोजपुर, वैशाख २०
भोजपुरको रामप्रसादराई गाउँपालिका वडा नं ७ को वडा अध्यक्ष पदमा नेकपा एमालेको तर्फबाट मनकाजी राई (प्रशान्त) उम्मेदवार बनेका छन्

नेकपा एमाले भोजपुर जिल्ला कमिटी सदस्य एवम् राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य समेत रहेका राईले वडामा उम्मेदवारीसँगै आफ्ना प्रतिबद्धता पत्र समेत सार्वजनिक गरेका छन् ।

साविकको बासिखोरा गाविस रहेको यो वडा एमालेको गढका रुपमा समेत परिचित छ । यहाँको वडामा विकासको नेतृत्व गर्दै आएका राईले चुनाव जितेपछि गर्ने कामको लिष्ट नै बनाएका छन् ।

यस्ता छन् राईका प्रतिबद्धता

१. जिल्ला र जिल्लाभित्र रहेका गाउँटोल तथा पालिकाहरुको योजनाबद्ध समग्र बिकासको लागि नेकपा एमाले जिल्ला कमिटि भोजपुरले भर्खरै मात्र सार्वजनिक गरेको जिल्ला समृद्धिको रणनितिक गुरुयोजनालाई आत्मसात गर्नु, त्यसको मार्गदर्शनलाई अनुसरण गर्नु र त्यसको उद्देश्य प्राप्तिको लागि रचनात्मक योगदान दिनु मेरो दायित्व रहनेछ ।

२. यस वडाको क्षेत्रभित्र सञ्चालन हुने राष्ट्रिय गौरव र जिल्ला गौरवका योजनाहरुलाई छिटो र सहज तरिकाले सम्पन्न गर्न रचनात्मक सहजीकरण गरिने छ ।
३. मकै खेतीको लागि स्थानीय बिउ प्रबद्र्धन तथा आधुनिक औजारको प्रयोगलाई प्रबद्र्धन गरी उत्पादनमा बृद्धि गरिने छ ।
४. एक वडा एक अन्न (मकै, कोदो) प्रशोधन केन्द्र अभियान अन्तर्गत वडा कार्यालय आसपासमा कोदो र मकै प्रशोधन तथा प्याकेजिङ उद्योग स्थापना गरी सहकारी मार्फत धरान, बिराटनगर तथा काठमाण्डौ जस्ता ठूला सहरमा व्यापार गर्न सहकारी मार्फत पहल गरिने छ ।
७. पेन्चाम्ला लगायतका सामुदायिक वनहरु तथा निजि वनहरुमा दाते ओखरको बृक्ष रोपन गरिने छ ।
८. वडाको तल्लो भेगमा कफि खेतीको प्रबद्र्धन गरिने छ ।
९. चुकुवा खोला र मकुवा खोलाको किनारमा असला तथा रेम्बोट्राउट माछा पालनलाई प्रोत्साहन गरिने छ ।
१०. स्थानीय जातको कुखुराको व्यवसायिक पालनलाई प्रबद्र्धन गरिने छ ।
११. घरघरमा सुँगुर पालनलाई व्यवसायिक बनाउन सहकारीलाई परिचालन गरिने छ ।
१२. वडा भित्र उत्पादित मासुजन्य पशुको बिक्रिबितरणका सुलभ प्रबन्ध सहकारी मार्फत मिलाईने छ ।
१३. परम्परागत सिंचाई कुलोहरुको मर्मत सम्भार गर्दै नयाँ प्रबिधिको पोखरी तथा थोपा सिंचाईलाई प्रबद्र्धन गरिने छ।
१४. परम्परागत आरन सुधार तथा खुकुरी उद्योग प्रबद्र्धन गर्न पहल गरिने छ ।
१५. स्थानीय सहकारी ऐन अनुसार वडामा सहकारी दर्ता गरी उत्पादनमुखी, प्रशोधनमुखी र बजारीकरणमुखीको रुपमा बिशिष्टिकृत गरेर जिम्मेवार बनाउनेर प्रत्येक घरधुरीलाई सहकारीमा आबद्द गराईने छ ।
१६. महिला आमा दिदि बहिनीहरु सबैलाई ढाका बुनाई जस्तो तालिमको व्यवस्था गरी घरघरमा उद्योग सञ्चालन गर्न प्रोत्साहन
गरिने छ र उत्पादित वस्तुलाई सहकारी मार्फत सुपथ मुल्यमा खरिद गरी बजारीकरण गरिने छ । हाम्रो वडा लगायत गाउँपालिकाको तथ्याङ्क डिजिटल प्रणाली (डिजिटल प्रोफाइल) बाट व्यवस्थित गर्न पहल गरिने छ ।
१७. स्थानीय सँस्कृति र सम्पदाहरु बासिखोरा युकपुङ र सांगिराङ साकेन्वाहरु र सिंहदेबीस्थानहरुलाई व्यवस्थित गर्दै पर्यटकीय स्थलकोरुपमा बिकास गर्दै लगिने छ ।
१८. युवा उद्यम तथा स्वरोजगार अभियान अन्तर्गत युहरुलाई सिपमुलक तालिमको व्यवस्था मिलाउन पहल गरिनेछ ।
१९. सिंहेश्वरी, कमलटार र रामप्रसादाराई विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार योजना बनाई लागु गरिने छ ।
२०. सिंहेश्वरी मा.वि.मा प्रविधिक धारको कक्षा सञ्चालन गर्न पहल गरिने छ ।
२१. बान्तवा भाषा पाठ्यक्रम तयार गरी सिंहेश्वरी माविमा अध्यापनको व्यवस्था मिलाईने छ ।
२२. बासिखोरामा रहेको स्वास्थ्य चौकीको पूर्वाधार तथा औषधीको व्यवस्थापनको लागि पहल गरिने छ ।
२३. वडाका सबै परिवारलाई स्वास्थ्य विमा गराउने अभियान सञ्चालन गरिने छ ।
२४. एक टोल एक क्लव, एक वडा एक खेलमैदान अभियान अन्र्तगत यस वडा भित्रका क्लवहरुमा समय समयमा खेलकुद प्रशिक्षणको व्यवस्था मिलाईने छ ।
२५. वडाभित्र खनिएका सडकहरुको स्तरोन्नति गर्न पहल गरिने छ ।
२६. एक घर एक धारा अभियान अन्तर्गत सबै बृहद खानेपानी योजना सञ्चालन र सबै घरमा धारा पु¥याउन पहल गरिने छ ।
२७. टोल, विद्यालय र स्वास्थ्य संस्थाहरुको सरसफाई कायम राख्न सरसफाई प्रतियोगिता अभियान सञ्चालन गरिने छ ।
२८. खानेपानी मुहान संरक्षणको लागि अभियान सञ्चालन गरिने छ ।
२९ विभिन्न बिकास साझेदार, प्रदेश सरकार तथा संघीय सरकारसँग बिकास सहयोगको लागि पहल गरिने छ ।

प्रकाशित मिति: २० बैशाख २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्