Deshko News
९ आश्विन २०८०, मंगलबार

आईजीपी नियुक्ति विवाद : एआईजी पोखरेलले दायर गरेकाे रिट माथेमाको इजलासमा



काठमाडौं, वैशाख २१
नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दिएको रिट न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा परेको छ ।

सर्वोच्च अदालत प्रशासनका अनुसार उक्त मुद्दा आज सुनुवाई हुने सूचीमा चौथो नम्बरमा रहेको छ ।

सरकारले नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंहलाई नियुक्त गरेपछि असन्तुष्ट भई एआईजी पोखरेल सर्वोच्चमा रिट दायर गरेका हुन्र ।

पोखरेलले प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयसमेत चारलाई विपक्षी बनाई गत सोमबार रिट दायर गरेका थिए । सरकारले नेपाल प्रहरीको आईजीमा सिंहलाई कार्यसम्पादन र परिपक्वताको हिसाबबाट नियुक्त गरिएको जनाएको छ ।

प्रकाशित मिति: २१ बैशाख २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News