Deshko News
९ आश्विन २०८०, मंगलबार

मतदानका दिन सवारीसाधन गुडाउने अनुमति कसरी लिने ?



काठमाडाैं, वैशाख २३
३० वैशाखमा तय भएकाे स्थानीय तहकाे निर्वाचनका दिन सार्वजनिक बिदा हुने छ भने सार्वजनिक यातायात पनि चल्दैन । यस्ताेबेला अत्यावश्यक सेवाका सवारीसाधन कसरी चल्छन् ?

निर्वाचन आयोगले ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदानको दिनको सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९’ स्वीकृत गरेकाे छ ।

आयाेगकाे बिहीबारकाे बैठकले स्वीकृत गरेकाे मापदण्डअनुसार अत्यावश्यक सेवासँगै उम्मेदवार वा उम्मेदवार निर्वाचन प्रतिनिधिले मतदानको दिन सवारीसाधन चलाउन पाउँछन् ।

सवारी साधान प्रयोग गर्ने अनुमतिपत्र आयोगले, मुख्य निर्वाचन अधिकृत वा निर्वाचत अधिकृत तथा प्रमुख जिल्ला अधिकारीले तोकिएको ढाँचामा जारी गर्नेछन् । तर, काठमाडाैंकाे हकमा निर्वाचन आयाेगमा एकीकृत डेस्क खडा गरिने भएकाे छ ।

सवारीसाधनको अनुमतिका लागि २८ वैशाखसम्ममा निवेदन दिइसक्नुपर्नेछ । तर, विदेशी नम्बर प्लेट भएको सवारी साधन प्रयोगकाे अनुमति पाउने छैनन् ।

प्रकाशित मिति: २३ बैशाख २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News