सुर्खेतमा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप, प्रहरीद्वारा अश्रु ग्याँस प्रहार



सुर्खेत, वैशाख २३
सुर्खेतको सिम्ता गाउँपालिका–६ बादेपिपलमा नेपाली एमाले र कांग्रेसका कार्यक्रताबीच झडप भएको छ ।

बिहिबार राति ११ बजे एमाले र कांग्रेसका कार्यक्रताबीच झडप भएको हो ।

एमाले र कांग्रेसका कार्यक्रताबीच झडप हुँदा सिम्ला गाउँपालिका–५ का नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार उपेन्द्र सिंह र उनका समर्थक सुरज सिंह ठकुरी घाइते छन् । उनीहरुको अवस्था सामान्य रहेको छ ।

प्रहरीले अवस्था नियन्त्रणमा लिन दुई सेल अश्रु ग्याँस फायर गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

अहिले अवस्था सामान्य रहेको र घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News