आचारसंहिता उल्लंघनमा निर्वाचन आयोग माैन



महाेत्तरी, वैशाख २५
बुधबार पत्रकारसँग महोत्तरीका प्रमुख निर्वाचन अधिकृत दीपक खरेलले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई निगरानी गरेर सहयोग गरिदिन अनुरोध गरे ।

तर, जिल्लाका १५ वटै पालिकामा प्रचारप्रसार गर्नेले टाँगेका बाक्लै ध्वजापताका तथा डिजे ब्याण्डसहितको समूहले सहर, गाउँमा असान्त बनाउदा पनि ध्यानाकर्षण नहुनुले निर्वाचन आयोगप्रति नै प्रश्‍न तेर्सिएको छ ।

उम्मेदवारले खुलेआम भारतीय नम्बर प्लेटका गाडी प्रयोग गरिरहेका छन् भने आचारसंहिताको न्यूनतम पालनासमेत गरेका छैनन् ।

उम्मेदवारको प्रचारप्रसार गर्न जिल्लाका राजनीतिक दलका कार्यकर्ता तथा स्वतन्त्र उम्मेदवारका समर्थक मुख्य चोकमा मात्र केन्द्रित भएका छैनन्, विद्यालयमा पनि केन्द्रित भएकाे देखिन्छ ।

निर्वाचन आयाेगले आचारसंहिता बनाउने तर, कारबाही गर्ने हिम्मत नगर्दा समस्या बनिरहेको बर्दिबासका स्थानीय भास्कर दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News