चितवनमा एमाले कार्यकर्ताको छुरा प्रहारबाट कांग्रेस नेता कानको हत्या


 


चितवन, वैशाख २६
नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधि अनिल परियार (कान) माथि चितवनमा छुरा प्रहार गरी हत्या  गरिएको छ । छुरा प्रहारबाट घाइते भएका परियारलाई उपचारका लागि अस्पताल पुर्याइएको भए पनि उनको मृत्यु भएको छ ।

भरतपुर–७ कृष्णनगर खेलकुद मैदान अगाडि मोटरसाइकलमा हिडिरहेका परियारमाथि एमालेका कार्यकर्ताले आइतबार साँझ एक्कासी रोकेर छुरा प्रहार गरेको कांग्रेस निकट स्रोतले जनाएको छ।

एमाले कार्यकर्ताको छुरा प्रहारबाट घाइते भएका उनलाई तत्कालै चितवन मेडिकल कलेज पुर्याइएको भए पनि डाक्टरहरुले मृत घोषणा गरेका थिए ।

छुरा प्रहारबाट घाइते भएका परियारलाई उपचारका लागि चितवन मेडिकल कलेजमा पुर्याइए पनि उनको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चितवन पुगेका थिए । चितवन पुगेका ओली नेपाली कांग्रेस र माओवादी केन्द्रमाथि खनिएका थिए ।

चितवनको भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा, उनकी पत्नी आरजु राणा र माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ बिरुद्द उत्तेजित भाषण गरेपछि एमाले कार्यकर्ताहरु आक्रोशित बनेका थिए ।

कानको हत्यापछि चितवनको सुरक्षा व्यबस्था कडा बनाइएको प्रहरीको भनाइ छ। चितवनस्थित कांग्रेसका एक नेताले भने  चितवन प्रहरीको कमजोर सुरक्षा व्यबस्थाका कारण आफ्ना कार्यकर्ताको हत्या भएको आरोप लगाएका छन्।  समाचार तयार पार्दा सम्म हत्यामा संलग्न कसैलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन।

कान नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि हुँदै नेपाली कांग्रेस, बागमती  प्रदेश प्रतिनिधिमा निर्विरोध चयन भएका थिए। कान गत बर्ष मात्र चितवन कारागारमा एक वर्ष कैद सजाय काटेर रिहा भएका थिए।

प्रकाशित मिति: २६ बैशाख २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्