आज वैशाख २८ गते बुधवार, यस्तो छ तपाईंको राशिफल


 


काठमाडौं । आज २०७९ बैशाख २८ गते बुधवारको राशिफल ।

मेष

दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । कुटुम्बको सहयोग मिल्नेछ । घरमा अतिथिको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

मिथुन

लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । कुनै कुराले मनमा शान्ति छाउला । अचल सम्पत्ति हात पर्न सक्छ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

सिंह

सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । दैनिक कार्यमा सफलता नै मिल्नेछ ।

तुला

आज वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । धार्मिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । दैनिक कार्यमा प्रगति हुनेछ ।

धनु

दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । स्वादिष्ट भोजन पाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ ।

कुम्भ

आज नयाँ तथा शुभकार्यको चर्चा र योजना बन्नेछ । स्वास्थ्य समस्यामा सुधार आउनेछ । आर्थिक कारोबार विस्तारै सुधार उन्मुख हुनेछ ।

बृष

लाभहानी, सुखदुःख बराबरी मध्यम खालको दिन छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ ।

कर्कट

आज महिलाहरूबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक र कृषिको काममा बढी सफलता मिल्नेछ । बढी परिश्रम गर्दा बढी धनार्जन हुनेछ ।

कन्या

आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । मनमा निराशा र शरीरमा आलस्य आउला ।

बृश्चिक

आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आफन्तले गरेको प्रगतिमा मन रमाउनेछ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ ।

मकर

आज आर्थिक लेनदेनमा समस्या देखा पर्ला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । यातायात वा वाहनमा खर्च पनि बढ्नेछ ।

मीन

आज शुभकार्यको चर्चा चल्नेछ । आफन्तसँग भेटघाट हुनेछ । वशिष्ठ व्यक्तिको साथ पाइनेछ । छोटो दुरीको लाभदायक यात्रा पनि रहला ।

प्रकाशित मिति: २८ बैशाख २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्