आज जेठ १ गते आइतवार, यस्तो छ तपाईंको राशिफल


 


काठमाडौं । आज २०७९ जेठ १ गते आइतवारको राशिफल ।

मेष

आज शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । आदर्श व्यक्ति सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

मिथुन

शुभकार्यको चर्चा चल्नेछ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । धार्मिक कार्यमा मन लाग्नेछ । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ ।

सिंह

आज प्रतीक्षा गरिएको काम पूरा हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । शुभ कार्यको चर्चा पनि चल्नेछ ।

तुला

आँटेको र ताकेको कार्य पुरा होला । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

धनु

सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । श्रमको उचित मल्याङ्कन हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । पुनर्मिलनको योग पनि रहेको छ ।

कुम्भ

आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाव बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पढाइ लेखाइमा प्रगति हुनेछ ।

बृष

आज भाग्यले विभिन्न अवसर जुराउनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कामको थालनी होला । मान प्रतिष्ठामा वृद्धि हुनेछ ।

कर्कट

कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।

कन्या

न्यायिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । नयाँ कार्य वा रोजगार पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

बृश्चिक

निर्णायक क्षमतामा कमी आउनेछ । स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । चुनौतीको सामना गरी गलत निर्णय लिन पुगिएला सचेत रहनुहोला ।

मकर

आज विशिष्ट व्यक्तिको साथ पाइनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । दैनिकी कार्य सहज हुँदै जानेछ ।

मीन

पारिवारिक उल्झनमा परि आँटेको काम बिग्रनेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । प्रेम सम्बन्धमा मनमुटाव रहला । सामान हराउने पनि सक्छ ।

प्रकाशित मिति: १ जेष्ठ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्