स्वतन्त्र उम्मेदवारलाई राधे ग्याङ्गको धम्की


 


काठमाडौं, जेठ १
धादिङ्गको निलकण्ठ नगरपालिका ३ का अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका राजकुमार श्रेष्ठ डाँडाघरेलाई गुण्डा नाइके भनेर चिनिने राधाकृष्ण भण्डारीले धम्की दिएका छन् ।

राधेको गुण्डागर्दी विरुद्ध स्थानियबासीले आन्दोलनको घोषणा गरेका छन् । राधेको धम्कीबारे जिल्ला प्रहरी कार्यालयलाई पटक पटक खबर गर्दा पनि कुनै सुनुवाई नभएको उनको गुनासो छ ।

उनका अनुसार निलकण्ठ क्याम्पसस्थित मतदान स्थलमा ज्येष्ठ नागरिक तथा असक्तलाई मतदानमा सहजिकरण गर्ने क्रममा राधेले श्रेष्ठका धम्की दिएका थिए ।

त्यतिबेला नै राधेले ज्यान मार्ने धम्की दिएको उनको आरोप छ ।

प्रकाशित मिति: १ जेष्ठ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्