भोजपुरको आमचोक गाउँपालिकामा माओवादी विजयी



भोजपुर, जेठ २
भोेजपुरको आमचोक गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । यहाँ अध्यक्ष उपाध्यक्ष सहित माओवादी केन्द्रका उम्मेदवार विजयी बनेका हुन् ।

अध्यक्षमा माओवादी केन्द्रका अशोक राईले ३६ सय ८६ मत ल्याउँदै विजयी बनेका हुन् । उनका निकट्तम् प्रतिद्धन्द्धी एमालेका वसन्त राईले ३२ सय ५८ मत प्राप्त गरे ।

त्यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकी सीता राई विजयी भइन् । उनले ३५ सय ६१ मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी कांग्रेसका छिरिङ शेर्पाले ३२ सय २४ मत प्राप्त गरे ।

यहाँ एमाले र कांग्रेसको गठबन्धन थियो । यो पालिका २०७४ सालको स्थानीय निर्वाचनमा पनि माओवादीले नै जितेको हो भने अहिले विजयी बनेका उम्मेदवार नै पहिले पनि निर्वाचित भएका थिए ।

१० वटा वडा रहेको यहाँ माओवादीले ६ वटा वडा समेत जितेको छ । माओवादीले ५,६,७,८,९,१० नं वडा जितेको हो । कांग्रेसले १ र २ वडा त्यस्तै एमालेले ३ र ४ नम्बर वडा जितेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News