गठबन्धनलाई भारी मतान्तरले हराउँदै हतुवागढी गाउँपालिकामा एमाले विजयी



भोजपुर, जेठ २
भोजपुरको हतुवागढी गाउँपालिकामा सत्तारुढ पाँच दलिय गठबन्धनलाई हराउँदै नेकपा एमालेका उम्मेदवार प्रेमकुमार राई अध्यक्षमा विजयी भएका छन् ।

राईले सत्तागठबन्धनको तर्फबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका गजेन्द्रकुमार कार्कीलाई भारी मतान्तरले हराउँदै निर्वाचित भएका हुन् । राईले ४ हजार ४२ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्धन्दी कार्कीले ३३ सय ५३ मत प्राप्त गरे ।

राईका लागि यो दोस्रो कार्यकाल हो । यसअघि पनि उनि यही पालिकाको अध्यक्ष थिए ।

गाउँपालिकामा उपाध्यक्ष सत्तारुढ गठबन्धनकी कांग्रेस उम्मेदवार सुनिता किराँती विजयी भईन् । उनले ३७ सय ८ मत ल्याउँदा एमालेकी कमला राईले ३६ सय ११ मत प्राप्त गरिन्

एमालेले यहाँ १, २, ३, ४, ५, ६, ९ वडा पनि जितेको छ। ७ र ८ वडा नेपाली कांग्रेस विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News