पौवादुङ्मा गाउँपालिकामा एमाले विजयी


 


भोजपुर, जेठ २
पौवादुङमा गाउँपालिकामा एमाले विजयी भएको छ । अध्यक्ष-उपाध्यक्ष सहित दुबै पदमा नेकपा एमाले विजयी भएको हो ।

यहाँ एमालेका किरण राई भारी मतान्तरका साथ अध्यक्षमा विजयी भए । उनले २४ सय ९९ मत प्राप्त गर्दा माओवादीका नगेन्द्र भुजेलले १६ सय ८८ मत प्राप्त गरे। कांग्रेसका मनोज कार्कीले १३ सय ७१ मत प्राप्त गरे ।

उपाध्यक्षमा एमालेकै ज्योत्सना राई २४ सय ६ मत ल्याएर विजयी भइन् । उनको निकटतम प्रतिद्वन्द्वी माओवादीकी सम्झना राईले १७ सउ ६९ मत प्राप्त गरिन् ।

कांग्रेसकी रामकुमारी राईले १३ सय ८७ मत प्राप्त गरेको निर्वाचन आयोगले प्रकाशित गरेको नतिजामा उल्लेख छ । यहाँ ३ वटा वडा एमाले, २ वटा वडा मा‌ओवादी र एउटा वडा कांग्रेसले जितेको छ ।

प्रकाशित मिति: २ जेष्ठ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्