अरुण गाउँपालिकामा कांग्रेस विजयी



भोजपुर, जेठ २
भोजपुरको अरुण गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । यहाँ अध्यक्ष उपाध्यक्ष दुबै पदमा कांग्रेस विजयी भएको हो ।

नेपाली कांग्रेसका शालिकराम खत्री २८ सय ८७ मत ल्याउँदै पालिकाको अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका नारायण प्रसाद घिमिरेले २४ सय २४ मत प्राप्त गरे । त्यस्तै माओवादीका डिल्लिराम अधिकारीले १८ सय २७ मत प्राप्त गरे ।

उपाध्यक्षमा कांग्रेसकी विनिता ढकालले ३ हजार मत प्राप्त गर्दै विजयी भइन् । एमालेकी कविता राईले २५ सय ४४ र नेकपा एकिकृत समाजवादीका होमबहादुर श्रेष्ठले १ हजार ९० मत प्राप्त गरे ।

यहाँ ४ वटा वडा माओेवादी २ वटा वडा कांग्रेस र एउटा वडा एमालेले जितेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News