भोजपुर नगरपालिकामा गठबन्धनबाट मेयरमा कांग्रेस विजयी, उपमेयरमा एमाले



भोजपुर, जेठ ३
भोजपुर नगरपालिकामा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसले मेयर पद जितेको छ । गठबन्धनबाट कांग्रेसका कैलाश कुमार आले विजयी भएका हुन् ।

आलेले एमालेका भरत कुमार तामाङलाई पराजित गर्दै पुनः दोस्रो कार्यकालका लागि मेयर जितेका छन् । आलेले ५६ सय १५ मत ल्याए । तामाङले ५१ सय मत प्राप्त गरे ।

उपमेयर पदमा भने सत्तारुढ गठबन्धनलाई पराजित गर्दै एमालेकी निर्मला शेर्पा विजयी भएकी छिन् । शेर्पाले ५५ सय मत ल्याउँदा गठबन्धनकी कांग्रेस उम्मेदवार ममिता राईले ५१ सय ३३ मत प्राप्त गरिन् ।

नगरपालिकाका अधिकांश वडा कांग्रेसले जितेको छ । १२ वडा रहेको यहाँ एमालेले ३ माओवादीले १ र ८ वटा वडा कांग्रेसले जितेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News