आज जेठ ४ गते बुधबार, यस्तो छ तपाईंको राशिफल



मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दबाब र तनाव बढेको महसुस हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ, तर आफन्तको साथ पाइनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । भूमिबाट पनि लाभ रहला ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज फजूलको धन खर्च हुनसक्छ । घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । मनमा दुबिधा उत्पन्न हुनेछ । चोटपटकको भय छ सचेत रहनुहोला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) शुभकार्यको चर्चा चल्नेछ । छोटो दुरीको लाभदायक यात्रा रहला । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । आस मारेको काम बन्न सक्छ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । अनवास्यक यात्रा रहला, तर मित्रबाट साथ र लाभ मिल्नेछ साथै सन्तान सुख पनि मिल्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज पारिवारिक साथ, जमघट र समर्थन पाइएला । विद्या र बुद्धिको विकास हुनेछ । आफ्नो परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज कुनै कुराले मन प्रसन्न रहनेछ । रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ । समाजसेवामा मन लाग्नेछ । विशिष्ट व्यक्तिको साथ पाइनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ काम सुरु गर्ने समय छ । जोशजाँगर र उमंग बढ्ला । आर्थिक कारोबारमा सफलता पाइएला । साथीभाइबाट बढी फाइदा लिने समय छ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज रचनात्मक काममा जुट्ने समय छ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । प्रेम सम्बन्ध पनि कसिलो होला ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) रोकिएका काम पुनः सुरु हुन सक्छन् । श्रमको उचित मूल्याङ्कन हुनेछ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नयाँ व्यक्ति सँग भेटघाट हुनेछ । रोकिएको धन हात पर्ला । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News