सौन्दर्य प्रतियोगितामा बलात्कार : पाण्डेविरुद्ध शरीर बन्धक तथा मानव बेचबिखन मुद्दाको तयारी



काठमाडौं, जेठ ९
आठ वर्षअघि सम्पन्न सौन्दर्य प्रतियोगितामा सहभागी १६ वर्षीया किशोरीमाथि भएको बलात्कार घटनामा प्रहरीले आरोपितविरुद्ध शरीर बन्धक तथा मानव बेचबिखन कसुरमा अनुसन्धान अघि बढाउने तयारी गरेको छ।

सामाजिक सञ्जालमा बुधबार पीडित युवतीले सन् २०१४ मा आफू सहभागी रहेको सौन्दर्य प्रतियोगितामा आयोजक मनोज पाण्डेले होटलमा बोलाई झुक्याएर नशालु पदार्थ मिसाई खुवाएको र आफू बेहोस रहेको अवस्थामा होटलको कोठामा लगी बलात्कार गरेको आरोप लगाएकी थिइन् ।

अभिभावकसँगको पक्षसँगको छलफलपछि प्रहरीले महान्याधिवक्ताको कार्यालय तथा जिल्ला सरकारी वकिललगायतका सरोकारवाला निकायसँग कानुनी परामर्श गरेको थियो। मौजुदा कानुनअनुसार १६ वर्ष वा मुनिका बालिका बलात्कार घटनाको अनुसन्धान तथा मुद्दा अभियोजन १८ वर्ष पूरा भएको मितिले एक वर्षभित्र चलाउनुपर्छ।

उक्त मुद्दामा समेत कानुनको हदम्यादको प्रश्न उठ्ने र प्रहरीको अनुसन्धान तथा अभियोजन कमजोर नहोस् भनी शरीर बन्धक तथा मानव बेचबिखन अपराधको कसुरअन्तर्गत मुद्दा चलाउने तयारी भएको हो। पीडितका अभिभावक प्रहरीमा उजुरी दर्ता गरिनसकेकाले प्रहरीले कुन अभियोगमा टेकेर मुद्दा अघि बढाउने भन्ने सार्वजनिक गरको छैन ।

सोमबार पीडितका परिवारले प्रहरीमा उजुरी दर्ता गरेपछि प्रहरीले अदालतबाट अनुसन्धान गर्न अनुमति लिने तयारी गरेको छ। गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News