पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग, फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी



काठमाडौं, जेठ ९
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन अनेरास्ववियु क्रान्तिकारीले सरकारसँग माग गरेको छ ।

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले मूल्यवृद्धि फिर्ता नलिए आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ ।

अनेरास्ववियु क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहले एक विज्ञप्ति जारी गर्दै आयल निगमभित्र भएका भ्रष्टाचार, चुहावट, मनलाग्दी कर्मचारी भर्ना, खरिद बिक्रीमा हुने ठूला अनियमितता र बेथितिको अन्त्य गर्नुको साटो मूल्य समायोजनको नाउमा मूल्यवृद्धि मात्र गर्नु अस्वीकार्य रहेको उल्लेख गरेकी छन्।

विज्ञप्तिमा भनिएको छ ‘नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरिरहेको मुल्यवृद्धिले नेपाली जनजीवनमा सृजना गरेको कठिन परिस्थिति प्रति हामी गम्भीर भएका छौं। दैनिक जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने पेट्रोलियम पदार्थमा मुलुक चुनावमा होमिएको समयमा पारेर गरिएको मुल्यवृद्धि र त्यसले समग्र क्षेत्रहरुमा पार्ने प्रभावले जनताको ढाड सेक्ने काम गरेको छ ।’

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News