प्रहरीले फेला पार्‍यो लुकाएर राखेको २५ लाख भारतीय रुपैयाँ



कैलाली, जेठ १३
कैलालीमा २५ लाख बढी भारतीय रुपैयाँ र सुन बरामद भएको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका– ४ सुन्दरपुर दुर्गा चलाउनेको घर नजिक खेतमा र घोडाघोडी नगरपालिका–८ का लालबहादुर थापाको घर नजिक खाडलमा लुकाएर राखेको अवस्थामा प्रहरीले नगद र सुन फेला पारेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भारतको विभिन्न स्थानबाट चोरी भएको २५ लाख ६८ हजार भारतीय रुपैयाँ र दुई तोला सुन फेला परेको हो ।

नगद र सुनबारे अनुसन्धान अनुसन्धान भइरहेको कैलाली प्रहरीका प्रवक्ता डिएसपी बेद प्रकाश जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News