सम्पर्कविहीन बनेको तारा एअरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो


 


काठमाडौं, जेठ १६
आइतबार बिहानदेखि सम्पर्कविहीन तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

खोजी तथा उद्धारका लागि पुगेको नेपाली सेनाको टोलीले सोमबार बिहान मुस्ताङको थुसाङ २मा जहाज दुर्घटनाग्रस्त अवस्थामा विमान फेला पारेको हो ।

खोजी र उद्धार टोलीले विमान रहेको स्थान पत्ता लगाएको र यसबारे थप विवरण आउन बाँकी रहेको उनले बताएका छन् । तारा एयरको ट्विनअटर विमानको खोजी कार्य सोमबार बिहानैबाट पुन: सुरु गरिएको थियो ।

तारा एयरको ९ एन एइटी जहाज मुस्ताङको आकाशमा पुगिसकेपछि १० बजेर ७ मिनेटमा अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्कमा आएको थियो।

जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए। जहाजमा चालक दलका दुई जना अन्य सदस्य र १९ यात्रु थिए।

प्रकाशित मिति: १६ जेष्ठ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्