पत्रकार सञ्जय न्याैपानेकाे निधन


 


sanjay-neupaneकाठमाडाैं, कार्तिक २०

पत्रकार सञ्जय न्याैपानेकाे शनिबार निधन भएकाे छ ।  कारोबार दैनिकका पूर्व सम्पादक समेत रहेका न्यौपानेको उपचारको क्रममा ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको हाे ।

४५ वर्षीय न्यौपाने दुई दशकदेखि आर्थिक पत्रकारितामा क्रियाशील थिए । स्वर्गीय न्यौपानेका श्रीमती, एक छोरा र एक छोरी छन् । न्यौपाने गत वर्षदेखि एनाप्लास्टिक एस्ट्रोसिटोमा नामले चिनिने स्नायु प्रणाली सम्बन्धी रोगबाट पीडित थिए ।

यसअघि उनकाे भारतकाे मेदान्त अस्पतालमा समेत उपचार भएकाे थियाे । न्याैपाने कान्तिपुर दैनिककाे अार्थिक ब्युराे प्रमुख हुँदै काराेबार दैनिककाे सम्पादक बनेका थिए । उनी अार्थिक पत्रकार समाजका पूर्व उपाध्यक्ष समेत हुन् ।

प्रकाशित मिति: २० कार्तिक २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्