बैतडीमा अरिंगालको टोकाइबाट दुई जनाको मृत्यु



aringal

बैतडी, कात्तिक २०
अरिंगालको टोकाइबाट बैतडीमा दुई जनाको ज्यान गएको छ ।

ज्यान जानेमा थालाकाँडा गाविस वडा नं. ८ लेकमवस्तीका पम्पादेवी साउद र उनका नाती दीपक साउदको ज्यान गएको छ ।

पम्पादेवी नाति दीपकसँगै माइतीघरबाट फर्किंदै गर्दा बाटोमा अरिंगालले टोकेको हो ।

शुक्रबार राति मलसाप्रोले अरिंगाल खानको लागि उसको गोला फुटाएर खाएको र तीनै मध्येका केही बाँकी रहेका अरिंगालले टोक्दा उनीहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News