फोहोर व्यवस्थापनबारे छलफल गर्न एकाबिहानै सिसडोल पुगे मेयर बालेन्द्र र उपमेयर सुनिता



काठमाडौं, जेठ २०
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह नुवाकोटको सिसडोल पुगेका छन् । मेयर शाह उपमेयर डंगोलसहितको टोलीलाई लिएर शुक्रबार बिहानै सिसडोल पुगेका हुन् ।

फोहोर व्यवस्थापनसँगै स्थानीय सरोकारका विषयमा छलफल गर्न उनीहरु सिसडोल पुगेका हुन् । स्थानीयले आफ्नो समस्याका बारेमा मेयर शाहलाई जानकारी गराएका छन् ।

डम्पिङ साइटका कारण निकै समस्या झेल्नुपरेको भन्दै सिसडोलबासी समयसमयमा आन्दोलित हुने गरेका छन् । मेयर शाह र उपमेयर डंगोलले बिहीबार मात्रै शहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई भेटेर फोहोर व्यवस्थापनबारे चासो राखेका थिए ।

यसअघि निर्वाचित हुनेबित्तिकै मेयर बालेन्द्र अनुगमनका लागि सिसडोल र बञ्चरेडाँडा पुगेका थिए । शाहले काठमाडौंको फोहोर समस्याको दीर्घकालीन समाधान नभई कुनै जितको उत्सव नमनाउने र खादा–माला नलगाउने घोषणा गरेका छन्

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News