आज जेठ २३ गते सोमवार, यस्तो छ तपाईंको राशिफल



काठमाडौं । आज २०७९ जेठ २३ गते सोमवारको राशिफल ।

मेष

व्यवसायमा सफलता मिल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ, तर शेयर बजारको लगानी नोक्सानी रहला ।

मिथुन

दाम्पत्य जीवन सुखमय हुनेछ । स्वादिष्ट भोजन र परिकारको अवसर मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

सिंह

वित्तिय संस्थाबाट सहयोग पाइनेछ । प्रेम जीवनमा मधुरता छाउनेछ । लाभदायक तथा कर्तव्य पूर्ण यात्रा पनि हुनेछ ।

तुला

आज साङ्गीतिक क्षेत्रमा रुचि बढ्नेछ । आफन्तले राम्रै सहयोग गर्नेछन् । नयाँ र शुभकार्यको चर्चा पनि चल्नेछ ।

धनु

मनमा हर्ष, उमङ्ग र उत्साह रहला । अरुको मन पनि जित्न सकिनेछ, तर पढाइमा बढी मेहनत गर्दा मात्र सफल भइनेछ ।

कुम्भ

न्यायिक निर्णयहरू तपाईँकै पक्षमा निर्णय हुनसक्छ । मित्रबाट विशेष सहयोग मिल्नेछ, शेयर बजारमा भने नोक्सानी रहला ।

बृष

सानातिना समस्यामा अल्झनुपर्नेछ । सरकारी निकायको भय रहला । स्वास्थ्य प्रति पनि सजग रहनु पर्नेछ ।

कर्कट

कुनै न कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । अरूलाई सहयोग पनि गर्न सकिनेछ ।

कन्या

सामान हराउने यो छ । नयाँ ठाउँमा लगानी गर्नु पनि उचित छैन, तर कृषि व्यवसायबाट राम्रै आम्दानी गर्न सकिनेछ ।

बृश्चिक

प्रविधि मार्फत आफन्त सँग भेटघाट हुनेछ । अधुरा काम पुनस् सुरु हुनसक्छ । उपहार पाइने सम्भावना पनि छ ।

मकर

आज स्वास्थ्य जाँचको लागि अस्पताल जानु पर्ला र धन खर्च होला , तर साँझ सम्ममा शुभ समाचार सुन्न पाइनेछ ।

मीन

आज साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । प्रेम प्रसङ्गमा नजिक हुन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News