एआइजीहरुको सरुवा र पदस्थापन : सिआइबीमा सुवेदी, रानीपोखरीमा धानुक


 


काठमाडौं, जेठ २४
आज मात्रै बढुवा भएका नेपाल प्रहरीका पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)हरुको पदस्थापन भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पाँच जना एआइजीहरूको बढुवासँगै पदस्थापन गरेको हो। त्यस्तै केही एआइजीको सरुवा पनि भएको छ ।

जसअनुसार केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) मा उत्तमराज सुवेदीको पदस्थापन भएको छ भने प्रहरी प्रतिष्ठान महाराजगञ्जमा मुकुन्द आचार्यको पदस्थापन भएको स्रोतले जनाएको छ ।

प्रशासन विभागमा रहेका एआइजी रबिन्द्र धानुकको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा भएको छ । त्यस्तै मानव स्रोत विभागमा अरुण विसीको पदस्थापन भएको स्रातले बतायो । मानव स्रोतका एआइजी विश्वराज पोखरेललाई प्रदेश समन्वय विभागमा खटाइएको छ ।

सिआइबीमा पदस्थापन भएका सुवेदीले बैतडीकी भागरथी भट्ट हत्या काण्ड लगायतका घटनाको सफल अनुसन्धान गरेका थिए । बढुवा भएका एआइजीहरुले सम्भवत: भोलि दज्यानी चिन्ह लगाउने छन् ।

प्रकाशित मिति: २४ जेष्ठ २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्