क्रिस्टियानो रोनाल्डो विरुद्धको बलात्कार मुद्दा खारेज



एजेन्सी, जेठ २९
अमेरिकी न्यायाधीशले क्रिस्टियानो रोनाल्डो विरुद्धको बलात्कार अभियोगको मुद्दा खारेज गरेका छन् । आरोप लगाउने वकिलले चुहावट र चोरीको रेकर्डमा भर परेको भन्दै मुद्दा खारेज भएको हो ।

क्याथरिन मेयोर्गाले सन् २००९ मा म्यानचेस्टर युनाइटेडका फुटबलरले आफूलाई लस भेगासको होटलमा बलात्कार गरेको आरोप लगाएकी थिइन् । रोनाल्डोले सो आरोप अस्वीकार गर्दै आएका छन् ।

मेयोर्गाले कथित रूपमा सन् २०१० मा अदालतबाहिर यस विषयमा सम्झौतामा पुगेकी थिइन्, तर अहिले उनले प्राप्त गरेको ३ लाख ७५ हजार डलरभन्दा लाखौँ बढी खोजिरहेकी छिन्।

घटनालगत्तै समझौता गर्न सहमत भए पनि आफ्नो भावनात्मक स्थितिले मध्यस्थता प्रक्रियामा भाग लिन अनुमति नदिएको र प्रस्ताव स्वीकार गर्न दबाब महसुस गरेको मेयोर्गाको तर्क रहेको छ​ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News