Deshko News
१३ आश्विन २०८०, शनिबार

‘कुमारी आमा’ निहारिकाले तोडिन् अनशन



काठमाडौं, असार ३
न्याय माग गर्दै २७ जेठदेखि आमरण अनशनमा बसेकी महोत्तरीको जलेश्वर नगरपालिका-९ निवासी सोनाली कुमारी सिह ‘निहारिका’ र सरकारकारबीच ५ बुँदे सहमति भएको छ।

राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णा पौडेल खतिवडाको पहलमा सरकारी प्रतिनिधिसँग सहमति भएपछि निहारिकाले गृहमन्त्री बालकृष्ण खाणको हातबाट जुस खाएर अनशन तोडेकी हुन्।

छोराको डीएनए परीक्षणको कानूनी प्रक्रिया अघि बढाउन पहल गर्ने, छोराको सुरक्षा आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत पहल गर्ने, निहारिकाको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल गर्नेलगायत सहमति भएको हो।

सहमति पत्रमा गृह मन्त्रालयका सहसचिव शिवराम पोखरेल, उपसचिव वसन्त भट्टराई, अनशनकर्ता निहारिका, सुनिता गौतम र लोग्शरी कुँवरलगायतले हस्ताक्षर गरेका छन् । आफ्नो बच्चाको बच्चाको डीएनए परीक्षणलगायतका माग राख्दै उनी अनशनरत थिइन्।

प्रकाशित मिति: ३ असार २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News