११ महिनामा श्रम स्वीकृति लिएर विदेश जानेको संख्या ५ लाख ५५ हजार पुग्यो



काठमाडौं, असार ५
चालू आर्थिक वर्षको ११ महिनामा श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको सङ्ख्या ५ लाख ५५ हजार पुगेको छ । यो सङ्ख्या आर्थिक वर्ष २०७४/०७५ पछिको सबैभन्दा बढी हो।

यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा भने तेब्बर बढी हो । गत वर्षको ११ महिनामा १ लाख ४६ हजार युवाले विदेशमा रोजगारीमा जाने जनाउँदै श्रम स्वीकृति लिएका थिए ।

कोभिड खोपको पहुँच र स्वास्थ्य मापदण्डमा आएको सुधारका कारण कोरोना सङ्क्रमणका बीच समेत नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या उल्लेख्य वृद्धि भएको हो ।

गत वर्षको यही अवधिको तुलनामा चालू आवको चैतसम्म लगभग तेब्बर भन्दा बढीले वृद्धि भएको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ।

गत वर्षको चैतसम्म १ लाख ४६ हजार ४० रहेकोमा चालू आवमा ५ लाख ५५ हजार ५७३ युवाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभाग ताहाचल कार्यालयका कम्प्युटर इन्जिनियर अर्जुन यादवले जानकारी दिए। कारोबार दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News