आईजीपीविरुद्ध सर्वोच्चमा परेको रिटको सुनुवाइ हुँदै


 


काठमाडौं, असार ५
प्रहरी महानिरीक्षक (आईजीपी) बढुवाको विषयमा सर्वोच्च अदालतमा परेको मुद्दामा आज पनि सुनुवाइ हुँदैछ ।

सरकारले धिरज प्रताप सिंहलाई वैशाख १८ गते आईजीपीमा बढुवा गर्ने निर्णय गरेपछि एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा दायर गरेको रिटमा जेठ ३० गतेबाट अन्तिम सुनुवाइ सुरु भएको हो ।

त्यो दिन बहस नसकिएपछि मुद्दा हेर्दा हेर्दैमा छ। कामु प्रधानन्यायाधीश दीपक कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा सुनुवाइ हुनेछ।

एआईजी विश्वराज पोखरेलले सरकारले ज्येष्ठतालाई मिचेर प्रहरी महानिरीक्षकमा कनिष्ठ धिरजप्रताप सिंहलाई नियुक्ति गरेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

पोखरेलले बढुवाका लागि आफू योग्य भएको तर सरकारले आफूभन्दा जुनियरलाई प्रहरी ऐन र नियमावलीको व्यवस्था विपरीत बढुवा गरेको जिकिर गर्दै रिट दायर गरेका थिए ।

प्रकाशित मिति: ५ असार २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्