वर्षकै सबैभन्दा लामो दिन आज


 


काठमाडौं, ७ असार
आज जुन २१ । वर्षकै सबैभन्दा लामो दिन हुने छ । घण्टाको हिसाबले पनि यो दिन लामो हुने गर्छ । र, रात भने आजको सबैभन्दा छोटो हुने छ । सामान्यतयाः आजको दिन पृथ्वीको उत्तरी गोलार्द्धमा दिन लामो हुने गर्छ ।

नेपालमा सूर्योदय र सूर्यास्तबीचको समयअनुसार आजको दिन १३ घण्टा ४५ मिनेटको हुनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौंमा बिहान सूर्योदय ५ः०९ मा भएको छ भने सूर्यास्त ७ः०३ मा हुनेछ ।

सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको ढल्काइका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले २१ जुनमा दिन वर्षकै लामो हुन्छ । जुन २०, २१ र २२ तारिख मध्ये कुनै एक दिन लामो दिन पर्दै आएको छ ।

भोलिदेखि दिन छोटो र रात लामो हुँदै जान्छ । डिसेम्बर २१ तारिखमा भने सूर्यको प्रकाश पृथ्वीमा कम पर्ने भएकाले दिन सबैभन्दा छोटो र रात लामो हुने गर्दछ ।

प्रकाशित मिति: ७ असार २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्