आज असार ९ गते बिहिवार, यस्तो छ तपाईंको राशिफल


 


काठमाडौं । आज २०७९ असार ९ गते बिहिवारको राशिफल ।

मेष

आजको दिन प्रतिकूल समय छ, संयम रहनु होला । काममा बिघ्नबाधा ज्यादा आइलाग्न सक्छ, तर साँझमा प्रेमीको साथले मन खुसी हुनेछ

मिथुन

आज नयाँ कार्यको योजना बन्नेछ । कुनै कुराले मन प्रसन्न रहनेछ । लामो समदेखि रोकिएका अधुरा कार्यहरू पुनस् प्रारम्भ हुनेछन् ।

सिंह

व्यर्थ मानसिक तनाव, यात्रामा बिघ्नबाधा आउला । गरेको काममा ढिलासुस्ती हुनेछ । पारिवारिक समस्या आइपर्ला, तर शेयर बजारले साथ दिनेछ ।

तुला

शुभ समाचार सुन्न पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । घरमा अतिथिको आगमन हुनेछ ।

धनु

आज आर्थिक कारोबार पनि भद्रगोल हुनसक्नेछ । विचार गरेर निर्णय लिनु उचित होला, तर प्रेमीको साथ मध्यान्हबाट दिन सुखद् रहनेछ ।

कुम्भ

आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । महिला वा मित्रबाट विशेष साथ र सहयोग मिल्नेछ ।आकस्मिक धन लाभ पनि हुनेछ ।

बृष

नयाँ कार्यको थालनी हुनेछ । ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् । धनार्जनका नयाँ योजना र स्रोतहरू पत्ता लाग्नेछन् ।

कर्कट

नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । रमणीय र सुखद् यात्राको योजना बन्ला ।

कन्या

बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।

बृश्चिक

आज अकस्मात् धन सम्पत्ति हात पर्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

मकर

जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।

मीन

आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ । पारिवारिक साथ, प्रेम, सद्भाव र स्नेह बढ्नेछ ।

प्रकाशित मिति: ९ असार २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्