प्रहरीविरुद्ध नै उजुरी हाल्ने प्रहरी निरीक्षक कुर्मी बर्खास्त



काठमाडौं । गृह मन्त्रालयले प्रहरी निरीक्षक राजु कुर्मीलाई पदबाट बर्खास्त गरेको छ ।

प्रहरी महानिरीक्षकसहितका विभिन्न प्रहरी कर्मचारीविरुद्ध बेनामे उजुरी हाल्ने कुर्मीलाई गृह मन्त्रालयले प्रहरी प्रधानकार्यालयको सिफारिसमा बर्खास्त गरेको हो ।

कुर्मीलाई ‘भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने’ गरी बर्खास्त गरिएको मन्त्रालयले जनाएको छ । आफ्नै संगठनविरुद्ध ‘गतिविधि गरेको’ भन्दै उनलाई बर्खास्त गर्न सिफारिस गरिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयमा कार्यरत रहेका बेला कुर्मीले गैरव्यवसायिक काम गरेको दाबी गरिएको छ ।

प्रारम्भिक छानबिनपछि कुर्मीलाई निलम्बन गरिएको थियो । एसएसपी कृष्णकुमार महत संयोजकत्वको छानबिन समितिले घटनाको छानबिन गरेर प्रतिवेदन बुझाएको थियो ।

उनलाई बर्खास्त गर्न प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा सिफारिस गरेको थियो । मन्त्रालयले उनलाई बर्खास्त गरेको पत्र बुधबार प्रधानकार्यालय नक्साल पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News