बजारमा गुणस्तरहीन खानेपानी विक्री गर्ने बिक्री



काठमाडौं, असार २२
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अयोग्य खानेपानी विक्री वितरण गरेको भन्दै ललितपुरको एक पानी उत्पादक कम्पनीलाई ३ लाख जरिवाना तिराएको छ ।

विभागलाई प्राप्त उजुरीका आधारमा ललितपुरको पाटन औद्योगिक क्षेत्रस्थित अन्नपूर्ण इन्डष्ट्रिज (मिनरल वाटर उत्पादक) कम्पनीलाई ३ लाख जरिवाना गराइएको विभागले जनाएको हो ।

उक्त कम्पनीद्वारा उत्पादित पानीको नमुना सङ्कलन गरी परीक्षणको लागि यसै महिनाको १० गते सम्बन्धित निकायमा पठाइएको थियो । १६ गतेको प्राप्त परीक्षण प्रतिवेदन बमोजिम पानीको गुणस्तरभन्दा घटी बढी भई खान अयोग्य देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News