नागरिकता विधेयक फिर्ता लिएसंगै आजै नयाँ विधेयक ल्याउने सरकारको तयारी


 


२२ असार, काठमाडौं । प्रतिनिधिसभामा विचाराधीन रहेको नागरिकतासम्बन्धी विधेयक फिर्ता लिएसंगै सरकारले आजै नयाँ नागरिकता विधेयक दर्ता गराउने भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले २०७५ सालदेखि संसदमा विचाराधीन नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको हो।

मन्त्रिपरिषदको बैठकले यसअघि प्रतिनिधिसभा बैठकमा पेस भएको विधेयक फिर्ता लिएर नयाँ विधेयक दर्ता गराउने निर्णय गरेको थियो ।

संशोधित विधेयक आज नै प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी गरेको सरकारले जनाएको छ । प्रतिनिधि सभा बैठक आज विहान ११ बजे बस्दै छ ।

प्रकाशित मिति: २२ असार २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्